
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पहिलो पटक मतदान गर्न लागेका नयाँ मतदातालाई लक्षित गरेर ‘फस्ट टाइम भोटर ट्रेनिङ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पहिलो पटक भोट दिन लागेका युवा मतदातालाई लक्षित गरेर स्थानीय तहमा ‘फस्ट टाइम भोटर ट्रेनिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘फस्ट टाइम भोटर ट्रेनिङ कार्यक्रम र मतदानका लागि युवालाई अभिप्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्दैछौं,’ महतले भने ।
कांग्रेसले वैशाख ३० गतेको चुनावलाई लक्षित गरेर फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म १ महिने अभियान गर्न लागेको जनाएको छ ।