×

NMB BANK
NIC ASIA

स्थानीय चुनावका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थको स्वीकृति, चैत दोस्रो हप्ताबाट भर्ना खुल्ने

फागुन २६, २०७८

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको छ । 

Muktinath Bank

आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक पर्ने जनाएको थियो । तर, अर्थ मन्त्रालयले एक लाख म्यादी प्रहरीको मात्र स्वीकृति दिएको अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले एक लाख म्यादी प्रहरीका लागि स्वीकृति दिएका छौं,’ सचिव मरासिनीले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

अर्थ मन्त्रालयका अनुसार म्यादी प्रहरी पोसाक, तलब भत्ता र चारैवटा सुरक्षा निकायलाई आवश्यक बजेट विनियोजन भएको छ । 

Vianet communication
Laxmi Bank

स्रोतका अनुसार पोसाक र राशन भत्ताका लागि प्रतिव्यक्ति १३ हजार निकासा भएको छ । 

मन्त्रालयले म्यादी प्रहरीका लागि एक अर्ब एक करोड रूपैयाँ विनियोजन गरेको छ ।

प्रहरी प्रधान कार्यलयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार अर्थ मन्त्रालयले बजेट निकासा गरेको पत्र गृह हुँदै प्रहरी प्रधान कार्यालय आउने बताए । 

उनका अनुसार चैतको दोस्रो हप्ताबाट म्यादी प्रहरी भर्ना गर्ने तयारी छ । 

‘अबको १० दिनभित्रमा हामीले भर्ना प्रक्रिया अघि बढाउँछौँ,’ एसएसपी केसीले लोकान्तरसँग भने, ‘अहिले के कति भर्ना गर्ने भन्ने यकिन भएर पत्र आइसकेका छैन ।’

भर्ना प्रक्रिया शुरू भएको १५ दिनभित्र सकेर तालिमको व्यवस्था गर्ने र तालिमको अवधि दुई हप्ता हुने प्रवक्ता केसीले बताए । 

कुन उमेर समूहका लागि भर्ना लिने, कुन प्रक्रियाबाट लिने र कस्ता व्यक्तिलाई लिने भन्ने गृहकार्य भइरहेको र त्यसको टुंगो केही दिनमा लाग्ने उनको भनाइ छ । 

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि प्रहरी, सशस्त्र प्रहरीसहित ४ वटै सुरक्षा निकायहरूले आफ्नो रणनीतिको गृहकार्य शुरू गरेका छन् । 

प्रहरीले चुनावका लागि कार्य विभागका प्रहरी नायव महानिरीक्षक (डीआईजी) रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचन केन्द्रित सुरक्षा समिति गठन गरेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x