२४ जेठ २०८३, आइतबार

केडिया अर्गनाइजेसनका अध्यक्षको निधन, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिले दिए श्रद्धाञ्जली

फागुन २६, २०७८
केडिया अर्गनाइजेसनका अध्यक्षको निधन, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिले दिए श्रद्धाञ्जली

देशकै प्रतिष्ठित औद्योगिक घराना केडिया अर्गनाइजेसनका अध्यक्ष हिरालाल केडियाको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । 

वीरगञ्जस्थित केडिया निवासमै पुगेर देउवाले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । 

उनले केडियाकी पत्नी परमेश्वरी देवी, छोराहरू रमेश, सुरेश, राजेश, बिमल एवं समस्त केडिया परिवारप्रति समवेदना प्रकट गरे । 

देउवासँगै खानेपानीमन्त्री उमाकान्त चौधरी, मधेश प्रदेशका मन्त्री ओमप्रकाश शर्मा, पूर्वमन्त्रीहरू रमेश रिजाल, अजय चौरासिया, सुरेन्द्रप्रसाद चौधरीलगायतले पनि केडियाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

हिरालाल केडिया ।हिरालाल केडियाको फागुन २४ गते ८६ वर्षको उमेरमा काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको थियो । निधन भएको भोलिपल्ट केडियाको सर्लाहीको बागमती नदीमा अन्तिम संस्कार गरिएको थियो । 

अन्तिम संस्कारका बेला मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायत ठूलो जनमानसको उपस्थिति थियो । 

केडिया नारायणी उपक्षेत्रीय अस्पतालमा दुई कार्यकाल अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनले आफ्नो कार्यकालमा नमूनायोग्य र प्रसंशायोग्य काम गरेका थिए । 

उनी केडिया अस्पतालको अध्यक्ष पनि थिए । 

salt training

कमेन्ट गर्नुहोस्