१९ असार २०८३, शुक्रबार

एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीलाई देउवाको आग्रह

फागुन २७, २०७८
एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीलाई देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन् । 

शुक्रवार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि भाग लिन सक्ने बताएका हुन् । 

उनले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा भाग लिन हिम्मत गर्न आग्रह गरे । 

अमेरिकी कानूनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेण्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताए । 

प्रधानमन्त्री देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने पनि धारणा राखे । 

‘निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘यस क्षेत्रमा देखिएका समस्याहरूको नीतिगत, कानूनी र प्रक्रियागत रुपमा सहजीकरण गर्न सरकार सकारात्मक छ, भौतिक पूर्वाधारको विकास बिना मुलुकको समग्र विकास सम्भव छैन ।’

उनले निर्माण क्षेत्रमा गरिने खर्चलाई समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता रहेको बताए । 

उनले निर्माण व्यवसायलाई सहज बनाउन खरिद नियमावलीको ११ औँ संशोधन गरिएको स्पष्ट पारे । 

विकास निर्माणको काम समयमा सम्पन्न नहुँदा निर्माण व्यवसायीमाथि प्रश्न उठ्ने गरेको भन्दै उनले काम ढिलो हुनाका कारण र समस्या समाधानका उपायको सम्बन्धमा सरकार व्यवसायीहरूसँग छलफल गर्न तयार रहेको पनि बताए । 

salt training

कमेन्ट गर्नुहोस्