३२ असार २०८३, बिहीबार

देशभर घुम्दा चुनावमा माओवादी नै पहिलो पार्टी बन्ने आँकलन गरें– प्रचण्ड

देशभर घुम्दा चुनावमा माओवादी नै पहिलो पार्टी बन्ने आँकलन गरें– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो दल बन्ने सम्भावना प्रवल रहेको दाबी गरेका छन् ।

प्रगतिको मुख्य संवाहक माओवादी नै रहेछ भनेर जनताले गहिरो रियलाइजेसन गरेको उनको भनाइ छ । 

कास्कीको पोखरामा आइतवार प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा प्रचण्डले कसैको वैशाखी नटेकी माओवादी पहिलो दल बन्ने दावी गरेका हुन् ।

‘२०६४ सालमा आउँदा पनि कसैले माओवादीले चुनाव जित्छ भन्न सकेको स्थिती थिएन, देशभरबाट ५, १० सीट ल्याउँछ भन्थे । जनताले यथार्थ के हो भन्ने देखाइदिएका थिए,’ प्रचण्डले भने, ‘अब २०७९ सालका चुनावमा पहिलो पार्टी बन्ने सम्भावना छ । बीचमा गल्ती गरेछौँ भनेर जनतामा रियलाइजेसन भएको छ ।’

प्रचण्डले तराईका जिल्लामा माओवादीको पक्षमा जनउभार शुरू भएको उनले दावी गरे । ‘मधेसमा एउटै जिल्लामा हजार, १२ सय आउने गरेका छन् । विगतमा माओवादी प्रगतिको सम्वाहक हो भन्ने बुझ्न सकिएन भन्ने उहाँहरुको भनाइ पाएको छु,’ उनले भने, ‘अबको चुनावमा हामी वैशाखी टेकेर होइन, आफ्नै ताकतले लड्छौँ ।’
 

salt training

कमेन्ट गर्नुहोस्