२२ असार २०८३, सोमबार

आइएमई पेको 'उत्सवको बहार दुवई घुम्ने उपहार'को विजेता बने

आइएमई पेको 'उत्सवको बहार दुवई घुम्ने उपहार'को विजेता बने

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले उत्सवको बहार दुबई घुम्ने उपहार भन्ने मुल नाराका साथ नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरि तयार पारिएको स्किमको विजेता घोषणा गरेको छ ।

धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किम अन्तर्गत विजेता घोषित भएका छन् ।

आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरि स्किम अवधिमा हवाई टिकट विक्री गरे वापत सिस्टममा आधारित लक्की ड्र मार्फत विजेता छनोट गर्दा उनीहरू विजेता बन्न सफल भएका हुन् ।

उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुवई घुम्ने अवसर प्राप्त हुने गरि तयार पारिएको थियो ।

कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपर्युक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च ३ लाख रुपैयाँ ( रु. १,५०,०००/‐ प्रति विजेता) आइएमई पे एप मार्फत स्किमका विजेताहरुलाई ट्रान्सफर गरिएको कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्