३१ असार २०८३, बुधबार

बागमती प्रदेशस्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बन्यो मकवानपुर

बागमती प्रदेशस्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बन्यो मकवानपुर

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा ललितपुरलाई स्तब्ध पार्दै मकवानपुर च्याम्पियन बनेको छ । 

हेटौंडा-५ स्थित पिप्ले क्याम्प रंगशालामा आज भएको फाइनल खेलको पहिलो हाफकै शुरुवाती ४ मिनेटमा ललितपुरका लागि बिक्की महर्जनले गोल गर्दै  १-० को अग्रता दिलाएका थिए । 

तर, त्यो अग्रता भने धेरै बेर टिक्न पाएन । विपक्षी टिमको कमजोर डिफेन्सको फाइदा उठाउँदै मकवानपुरका लागि ७ मिनेटमै ललित चौलागाईंले गोल फर्काउँदै खेल बराबरीमा ल्याए । 

यस्तै खेलको पहिलो हाफको ३६ औं मिनेटमा मकवानपुरका समिरराज थोकरले थप १ गोल गर्दै  २-१ गोलको अग्रता बनाए । 

दोस्रो हाफको ६४ मिनेटमा  ललितपुरका लागि रोहित गिरीले  १ गोल गर्दै  खेल बराबरीमा ल्याएका थिए । 

निर्धारित समयमा पनि दुवै टिमले स्पष्ट नतिजा निकाल्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । 

टाइब्रेकरमा ललितपुरले कुनै पनि गोल गर्न सकेन । मकवानपुरले ३-० को गोल अन्तरले आफ्नो जित सुनिश्चित गर्‍यो । 

खेलको  म्यान अफ दी म्याच मकवानपुरका गोल रक्षक अनिस देउडा घोषित भए । 

विजेता मकवानपुरले नगद १ लाख रूपैयाँसहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता ललितपुरले नगद ८० हजारसहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

त्यस्तै  प्रतियोगिताकै बेस्ट प्लेयर अफ टुर्नामेन्टको रुपमा  मकवानपुरका खेलाडी  समिरराज थोकर घोषित भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्