३१ असार २०८३, बुधबार

वामपन्थी एकता गर्नेबारे घनश्याम भुसालको तीन बुँदे प्रस्ताव

वामपन्थी एकता गर्नेबारे घनश्याम भुसालको तीन बुँदे प्रस्ताव

नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम भुसालले वामपन्थी पार्टीहरू बीचमा एकता गर्ने प्रस्ताव पोलिटव्यूरो बैठकमा पेश गरेका छन् । 

काठमाडौंको बबरमहलस्थित कार्की व्यांक्वेटमा चलिरहेको एमालेको पोलिटब्यूरो बैठकमा भुसालले तीन बुँदे पस्ताव पेश गर्दै वामपन्थी एकताको नेतृत्व एमालेले लिनुपर्ने बताएका हुन् । 

एमाले वाम एकताको मूल प्रवाह भएको, विभाजित पार्टीहरू बीच वैचारिक र सैद्धान्तिक भिन्नता नभएको र आगामी निर्वाचनमा वामपन्थी जीत निश्चित गर्न पार्टी एकता गर्नुपर्ने भुसालले बैठकमा बताएका थिए । 

भुसालको प्रस्तावमा अर्का नेता रघुजी पन्तले समर्थन गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

एमाले अध्यक्ष केपी ओलीलाई भुसालले वामपन्थी पार्टीबीचको एकताको नेतृत्व लिन आग्रह गरेका हुन् । 

भुसालको प्रस्तावमा एमाले नेता महेश बस्नेतले भने विरोध गरेका थिए । बस्नेतले नेता मिलाएर मात्रै पार्टी बलियो नहुने भएकाले तत्काल माधव नेपाल र प्रचण्डसँग पार्टी एकता गर्न नसकिने बरु ती पार्टीका कार्यकर्तालाई एमालेमा तान्नुपर्ने मत बैठकमा राखेका थिए ।

नेता मिलाउनेभन्दा कार्यकर्ता आकर्षित गरेर दुई दलीय प्रणालीमा जानेतर्फ अग्रसर हुनुपर्ने बस्नेतको तर्क रहेको छ । 

भुसाल र पन्त एमालेमा दशबुँदे सहमती मानेर बसेका नेताहरु हुन् । उनीहरूले विभाजित पार्टीलाई एकीकृत बनाउनुपर्ने र तत्काल पार्टी एकता सम्भव नभए वामपन्थी पार्टीहरू बीच चुनावी गठबन्धन बनाउनुपर्ने मत बैठकमा राखेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्