
मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ ।
काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ ।
गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको बैंकले जनाएको छ ।