२९ असार २०८३, सोमबार

चुनावी गठबन्धन गर्ने नगर्ने निर्णय लिन कांग्रेस बैठक बस्दै

चुनावी गठबन्धन गर्ने नगर्ने निर्णय लिन कांग्रेस बैठक बस्दै

स्थानीय तहको चुनावमा गठबन्धन बनाउने नबनाउने विषयमा निर्णय लिन नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आइतवार पुनः बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकले चुनावी गठबन्धन गर्ने नगर्नेबारे औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् । 

शुक्रवारको बैठकमा प्रदेश सभापतिहरूले आवस्यकता अनुसार स्थानीय तहमा तालमेल गर्न सकिने धारणा राखेका थिए । थप केन्द्रीय सदस्यहरुको राय बुझेपछि कांग्रेसले औपचारिक निर्णय गर्ने बताएको छ । 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले तीनवटै तहको चुनावमा तालमेल गर्ने बताउँदै आएका छन् । शनिवार पनि देउवाले तालमेल गर्नुपर्ने बताएका थिए । बैठकमा उम्मेदवारलाई टिकट बाँड्ने संसदीय बोर्ड गठन गर्ने कार्यसूची छ । 

salt training

कमेन्ट गर्नुहोस्