२४ जेठ २०८३, आइतबार

बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका फरार इब्रार भन्ने इबरार अहमद मनियार पक्राउ परेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने ३० वर्षीय मनियारलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । 

पक्राउ परेका मनियारलाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको छ ।

जबर्जस्ती करणी मुद्दामा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले पाँच वर्ष कैद सजाय तोकेपछि मनियार फरार रहेको नायब उपरीक्षक शाहीले जानकारी दिए।
 

salt training

कमेन्ट गर्नुहोस्