२२ असार २०८३, सोमबार

प्रधानमन्त्री देउवाले चैत १८ देखि भारतको औपचारिक भ्रमण गर्ने, १९ गते मोदीसँग भेटवार्ता

प्रधानमन्त्री देउवाले चैत १८ देखि भारतको औपचारिक भ्रमण गर्ने, १९ गते मोदीसँग भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १८ गते शुक्रवारदेखि भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । 

भारतीय विदेश मन्त्रालयले सोमवार विज्ञप्ति प्रकाशित गरी देउवाको भ्रमणबारे जानकारी गराएको हो । 

देउवाले अप्रिल २ तारिखका दिन समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्न लागेको विदेश मन्त्रालयले जनाएको छ । 

नेपालको परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति प्रकाशित गर्दै भ्रमणबारे जानकारी दिएको छ । भ्रमणमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पनि सहभागी हुनेछिन् । 

गत असार ३० गते प्रधानमन्त्रीको शपथ लिएका देउवा झण्डै ९ महिनापछि भारत भ्रमणमा जान लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्