२२ असार २०८३, सोमबार

कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै, चुनावी तालमेलको बहस

कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै, चुनावी तालमेलको बहस

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार पनि बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

शुक्रबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा  आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सम्बन्धमा बहस जारी छ । शुक्रबारदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेल गर्नुपर्ने र निर्वाचनमा एक्लै जानुपर्र्ने सम्बन्धमा केन्द्रीय सदस्यले फरकफरक धारणा व्यक्त गरे ।
 
 बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्यले आफ्नो धारणा व्यक्त गर्ने क्रम सम्पन्न भएको छ । बैठकमा चुनावी तालमेलका साथै निर्वाचनमा पार्टीलाई कसरी मजबुत बनाउने, निर्वाचनको तयारीका लागि पार्टीले सञ्चालन गरिरहेको एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको समीक्षालगायत विषयमा छलफल भएको थियो ।

सोमबारको बैठकमा अधिकांशले लोकतान्त्रिक मूल्यमान्यता रक्षाका लागि विशिष्ट परिस्थितिमा कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेकाले सोहीअनुसार चुनावी तालमेल गर्दा उपयुक्त हुने धारणा राखेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । स्थानीयस्तरमा पार्टीको अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गरेर जाँदा पार्टी मजबुत हुने र आगामी संसदीय निर्वाचनमा पनि पार्टीले जित्ने धेरैको सुझाव आएको उनले बताए ।
 
    यसका लागि केन्द्रले सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव आएको र त्यसैका आधारमा मङ्गलबार दिउँसो ३ बजे बैठकमा आवश्यक निर्णय हुनेछ । यसैगरी कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले भने चुनावी तालमेल नगरी एक्लै निर्वाचनमा जाँदा राम्रो हुने सुझाव दिएका थिए।

salt training

कमेन्ट गर्नुहोस्