×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

चुनावी तालमेलबारे गठबन्धनमा सहमति, लोसपा सरकारमा जान तयार

चैत १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

लोकान्तर डट्कमको नियमित प्रस्तुती ‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै पनि पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमका साथ उपस्थित भएका छौँ । 
००००
सत्तारूढ गठबन्धनमा रहेका दलका प्रतिनिधिलाई समेटेर स्थानीय तहसम्म राजनीतिक संयन्त्र बनाउने निर्णय सत्तारूढ गठबन्धनको बैठकले गरेको छ ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीवार बसेको गठबन्धनको बैठकले चुनावलाई लक्षित गरेर तल्लो तहसम्म राजनीतिक संयन्त्र बनाउने निर्णय गरेको हो । 
‘स्थानीय तहको चुनावमा ५ दल एकताबद्ध भएर तालमेल गरेर जाने निर्णय भएको छ । महानगरहरूका बारेमा केन्द्रमा छलफल गरेर टुंगो लगाउने र त्यसबाहेकका स्थानीय तहमा पार्टीका सम्बन्धित निकायले छलफल गरेर तालमेल टुंगो लगाउने निर्णय भएको छ,’ बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले भने । तल्लो तहसम्म बन्ने राजनीतिक संयन्त्रले उम्मेदवार छनौट, निर्वाचन प्रचार सहितको काम गर्ने निर्णय भएको खनालले जानकारी दिए ।
००००
लोसपा संघीय सरकारमा सहभागी हुन तयार भएको छ । आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन लोसपा तयार भएको हो ।

Muktinath Bank

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोसपालाई सरकारमा सहभागी हुन र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन देउवाले आग्रह गर्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसपा कार्यकारिणी समिति बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार सकारात्मक भएको अवस्थामा सरकारमा सहभागी हुने जानकारी गराएका छन् ।
००००
नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बिहीबार बैठक बसेको छ ।  पार्टी केन्द्रीय कार्यालयमा बसेको समितिको बैठकले विभिन्न ३ वटा निर्णय गरेको छ । जसअनुसार प्रदेश लगायत विभिन्न तहका सभापतिहरूको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्ब गठन गर्ने निर्णय भएको छ । 
यस्तै  विभिन्न तहमा विधानमा गरिएको व्यवस्था बमोजिम संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्ब गठन गर्न बैठकले निर्देशन दिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 
यस्तै आवश्यक जिम्मेवारी बाँडफाँड गरेर दृढ एकताका साथ निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुने निर्णय पनि बैठकले गरेको छ ।
००००
सर्वोच्च अदालतमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ ।     
वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैरकानूनीरूपमा बढुवा गरेको उल्लेख गर्दै डिआइजी ईश्वरबाबु कार्कीले रिट निवेदन दायर गरेका हुन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । 
उक्त निर्णयविरुद्ध तीन रिट निवेदन सर्वोच्च अदालतमा पुगेको छ । त्यसमध्ये एक दर्ता भएको छ भने दुई दर्ता हुने प्रक्रियामा रहेको छ ।
००००
व्यवसायीको चर्को दबाबपछि सरकारले पुनः भाडा वृद्धि गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट लामो दूरीको सवारीसाधनको भाडा वृद्धि गर्ने निर्णय भएको हो ।
सरकारले पेट्रोलियमपदार्थको मूल्यवृद्धि भएकाले भाडा समायोजन गर्न लागिएको जनाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले मन्त्रालयले भाडा समायोजन गर्ने सैद्धान्तिक सहमति प्रदान गरेको भन्दै आइतबारसम्म समायोजन गरिने बताएका छन् ।
००००
लगानी बोर्डले सवा १४ अर्बको सिमेन्ट उद्योग स्थापनार्थ लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५० औं बैठकले उक्त निर्णय गरेको हो । बैठकले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन एवम् व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी स्वीकृती गरेको हो।
००००
पश्चिम सेती जलविद्युत् परियोजना यथाशीघ्र निर्माणको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई १ लाख पत्र बुझाइएको छ । 
कैलालीको धनगढीस्थित बोलन्या थलीले ३३ महिना लगाएर सुदूरपश्चिम प्रदेशका ९ जिल्लाबाट संकलन गरेका पत्र बिहीवार प्रधानमन्त्री देउवालाई बुझाइएको छ । 
प्रधानमन्त्री देउवाको शुक्रवारबाट हुने भारत भ्रमणको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय लगानी खोज्न आग्रह गर्दै पत्र बुझाइएको थलीका संयोजक यादव जोशीले जानकारी दिए ।
००००
आगामी वैशाख ३० गते शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ शुरू भएको छ ।
मतपत्र छपाइ हुँदा मापदण्ड अनुरूपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकिन गर्न ३ दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार दोहोरो अंकले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २३.९५ अंकले ओरालो लागेर २ हजार ५४४.३० मा ओर्लेको छ ।
००००
राजधानी काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौंले सामाजिक सञ्जाल ट्विटरमा सन्देश जारी गर्दै स्वास्थ्यको ख्याल राख्न आग्रह गरेको छ ।
सन्देशमा उल्लेख छ, ‘केही दिनदेखि काठमाडौं लगायतका शहरहरूमा वायु प्रदूषणको मात्रा बढिरहेको छ । त्यसैले घर बाहिर निस्कँदा चस्मा र मास्कको प्रयोग गरौं । आफ्नो स्वास्थ्यको ख्याल राखौं ।’
००००
नेपाल लगातार तेस्रो खेलमा जीत निकाल्दै त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । पपुवा न्युगिनीलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।  
००००
पछिल्लो २४ घन्टामा मुलुकभर २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९५१ जनामा पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीवार ८९ जना संक्रमित निको भएका छन् ।  यससँगै मुलुकभर ९ लाख ६५ हजार ३९४ जना संक्रमित निको भएका छन् ।  बिहीवार संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ ।


Advertisment
Nabil box
Kumari

र, अन्तिममा

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार मध्याह्न नयाँ दिल्ली प्रस्थान गर्दै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन्।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन् । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम रहेको छ । साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा देउवाले भारतका विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x