०८ साउन २०८३, शुक्रबार

चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालन हुने

चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालन हुने

नेपाल बैंक र नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभागबीच बैंकले काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा  बैंकको काउन्टर स्थापना गरी भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भन्सार विभागको तर्फबाट महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बिहीवार भन्सार बिभाग त्रिपुरेश्वर काठमाण्डौमा आयोजित एक समारोहमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।

सो सम्झौतापत्रमा भन्सार विभागको आवस्यकता अनुरुप  बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य संचालन गर्ने छ । सो अवसरमा भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले नेपालको पहिलो बैंक सँग राजस्व कारोबारको विषयमा  विगत लामो समयदेखि सम्वन्ध र सहकार्य रहेको र  यस सम्झौताले सहकार्यलाई थप उचाइमा पुर्याएको बिचार राख्दै नेपाल बैंक  भरपर्दो आधुनिक प्रविधि मैत्री भएकाले सम्झौता गरिएको र चोभार   सुख्खा बन्दरगाहबाट छिटो छरितो रुपमा राजस्व संकलन हुने बिश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्