३१ असार २०८३, बुधबार

युक्रेन युद्धपछि रुसीहरूमाझ बढ्यो पुटिनको लोकप्रियता

चैत १८, २०७८
युक्रेन युद्धपछि रुसीहरूमाझ बढ्यो पुटिनको लोकप्रियता

युक्रेनमाथि रुसले आक्रमण गरेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थन सूचकांक १० प्रतिशतले बढेको रुसको स्वतन्त्र सर्वेक्षण संस्था लेवादा सेन्टरको आँकडाले देखाएको छ । 

सर्वेक्षणमा सहभागी भएकामध्ये कुल ८३ प्रतिशत रुसीहरूले युक्रेनमा पुटिनको कारवाहीलाई समर्थन गरेका छन् । फेब्रुअरी महिनामा ७१ र जनवरी महिनामा ६९ प्रतिशत रुसीले पुटिनको समर्थन गरेका छन् । 

युद्धको बेलामा जनताले आफ्नो नेताको साथ दिने गरेकाले यस्तो परिणाम आएको हुन सक्ने विज्ञहरूले बताएका छन् । 

त्यसमाथि रुसले युद्धविरोधी आवाजलाई दमन गरेकाले पनि सर्वेक्षणमा सहभागी भएकाहरूले आफ्नो सही धारणा प्रस्तुत नगरेको हुन सक्ने उनीहरूको भनाइ छ । रुसमा सेनाका विरुद्ध भ्रमपूर्ण खबर फैलाउन नपाइने कानून ल्याइएको छ । युद्धको विरोध गर्ने हजारौंलाई थुनामा राखिएको छ । 

पुटिनको समर्थन सूचकांकमा देखिएको वृद्धि सन् २०१४ कै जस्तो छ । त्यतिखेर रुसले युक्रेनबाट क्राइमिया हात पारेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्