३१ जेठ २०८३, आइतबार

राजीनामाको विषय संशोधन गर्न निर्वाचन आयोगलाई सरकारको आग्रह

राजीनामाको विषय संशोधन गर्न निर्वाचन आयोगलाई सरकारको आग्रह

कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले हाल जनप्रतिनिधिको रुपमा काम गरिरहेका हरुले निर्वाचनमा भाग लिन राजिनामा दिनुपर्ने विषय संशोधन गर्न निर्वाचन आयोगलाई सरकारले आग्रह गरेको बताएका छन् । 

शनिवार पूर्वी पहाडी जिल्लाहरुको विभिन्न कार्यक्रममा निस्किएका गृहमन्त्री खाँणले तेह्रथुमको कार्यक्रममा स्थानीय तहको निर्वाचनमा हाल काम गरिरहेका जनप्रतिनिधिले उम्मेदवार बन्न राजिनामा गर्नुपर्ने निर्वाचन आयोगको निर्णय पुनर्विचार गर्न आग्रह गरेको बताए ।  सरकारले निर्वाचन आयोगलाई औपचारिक रुपमा पत्र नै लेखेर निर्णय पुनर्विचार गर्न आग्रह गरेको उनले बताए । 

गृहमन्त्री खाँणले शनिवार तेह्रथुमको म्याङलुङमा  जिल्ला प्रशासन कार्यालयको नवनिर्मित उद्घाटन गरे । साथै गृहमन्त्री खाँडले आज नै धनकुटा सदरमुकाम धनकुटामा स्थानीय कार्यकताले आयोजना गरेको कांग्रेसको घरदैलो कार्यक्रममा सम्बोधन गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्