३० जेठ २०८३, शनिबार

एमालेले स्थापना गर्‍यो सामाजिक सेवा केन्द्र, देशभर परोपकारी काम गर्ने उद्देश्य

एमालेले स्थापना गर्‍यो सामाजिक सेवा केन्द्र, देशभर परोपकारी काम गर्ने उद्देश्य

नेकपा एमालेले परोपकारी काम गर्ने उद्देश्यले सामाजिक सेवा केन्द्र स्थापना गरेको छ । 

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा गरेका छन् ।

प्राकृतिक विपत्ति र विभिन्न सामाजिक समस्यामा परेका मानिसहरूलाई सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सेवा केन्द्र स्थापना गरिएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए । 

‘मानवसेवाको उद्देश्यले परोपकारी काम गर्नको लागि सामाजिक सेवा केन्द्रको स्थापना गरिएको हो । मानवीय आधार, औचित्य र आवश्यकताको आधारमा सेवा केन्द्रले सेवा दिन्छ । पार्टीको सदस्यता हेरेर सेवा दिने होइन,’ ओलीले भने । 

बाढी, पहिरो, आगलागी पीडितलाई सामाजिक सेवा केन्द्रको तर्फबाट सम्बोधन गर्ने कोसिस गर्ने ओलीले बताए ।

सामाजिक सेवा केन्द्रले गरेको कामको पारदर्शी विवरण हरेक वर्ष सार्वजनिक गर्ने घोषणा पनि ओलीले गरेका छन् । 

अर्को वर्षको चैत्र २० गते के–के काम गर्‍यौ भन्ने सार्वजनिक गर्ने उनले बताए । 

सामाजिक सेवा केन्द्रको संयोजक व्यवसायी एवं एमालेका नेता मोती दुगड तोकिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्