२२ असार २०८३, सोमबार

जलाशययुक्त आयोजनामा लगानी बढाउन मन्त्री भुसालको आग्रह

चैत २२, २०७८
जलाशययुक्त आयोजनामा लगानी बढाउन मन्त्री भुसालको आग्रह

सरकारले निजी जलविद्युत् आयोजना प्रवद्र्धकलाई अर्धजलाशय तथा जलाशययुक्त आयोजना निर्माणमा अग्रसर हुन आग्रह गरेको छ ।

निजी क्षेत्रले जलप्रवाहमा आधारित (रन अफ रिभर, आरओआर) आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) तत्काल खुला गर्न माग गर्दै आए पनि सरकारले भने यस्तो खुला गर्ने अनुकूल समय अहिले नरहेको स्पष्ट पारेको हो ।

सोमबार सम्पन्न हिमालयन हाइड्रो एक्स्पोको एक सत्रमा विशेष सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत् उत्पादनको सन्तुलनका लागि सरकारले कोटा निर्धारण गरेको र सोअनुरूप हाललाई जल प्रवाहमा आधारित आयोजनाको ऊर्जा खरिद सम्झौता गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् ।

उनले भने, “मुलुकको आवश्यकता र बजारको अवस्था सबै विश्लेषण गरेर पीपीए गर्ने हो । अहिलेको आवश्यकता जलाशय तथा अर्धजलाशययुक्त आयोजना हो, अब तपाईंहरू त्यतातिर केन्द्रित हुनुपर्छ । ” धेरै लगानी गरिसकेको र आवश्यकताका आधारमा जल प्रवाहमा आधारित आयोजनाको पनि अनुमति दिन सकिने उनको भनाइ थियो । गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्