२२ असार २०८३, सोमबार

बागमतीसहित यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

बागमतीसहित यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

हाल नेपालमा भारतको बिहार तथा  आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव मौसममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार बिहान  प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहेको छ।   

  यस्तै दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ। यस्तै प्रदेश नं १ को पहाडी भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक  दुई  स्थानमा  मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै प्रदेश नं १ को पहाडी भूभागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्