
अभिनेता पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । किशोरी बलात्कारको अभियोग लागेका शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
यसअघि जिल्ला अदालत तनहुँले पनि उनलाई पुर्पक्षमै पठाएको थियो । न्यायाधीश अर्जुन अधिकारीको इजलासको आदेशअनुसार शाहलाई तनहुँमै थुनामा राख्न आदेश भएको छ । उनलाई आदेशसँगै तनहुँ नै पठाइएको छ ।
नाबालिग गायिकामाथि बलात्कारको अभियोग पलमाथि छ । बलात्कार अभियोगमा उनी फागुन १५ मा पक्राउ परेका थिए ।