२८ जेठ २०८३, बिहीबार

चुनावी तालमेलको प्रस्ताव लिएर कमल थापा एमाले पार्टी कार्यालयमा

चुनावी तालमेलको प्रस्ताव लिएर कमल थापा एमाले पार्टी कार्यालयमा

स्थानीय तह चुनावमा सहकार्यको प्रस्ताव लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापा एमाले पार्टी कार्यालयमा पुगेका छन् । थापाले स्थानीय तहको चुनावमा सूर्य चिह्नबाट चुनाव लड्ने संकेत गरेका थिए ।

स्थानीय तह चुनावमा तालमेलको विषयमा छलफल गर्न अध्यक्ष थापा एमाले पार्टी कार्यालयमा गएको केन्द्रीय सदस्य पुरु दाहालले जानकारी दिए । एमालेका दोस्रो तहका नेताहरूसँग थापाले छलफल गर्ने भएका छन् । 

‘चुनावी तालमेलबारे पहिलादेखि नै छलफल भएको थियो, सम्भवतः आज औपचारिक सम्झौता हुन सक्छ,’ दाहालले भने । राप्रपा महाधिवेशनमा पराजित भएलगत्तै कमल थापाले राप्रपा नेपाल गठन गरेका थिए ।

२०७२ सालमा बसेको केपी ओली नेतृत्वको सरकारमा कमल थापा उपप्रधानमन्त्री थिए । बुधवार विराटनगर पुगेका एमाले अध्यक्ष ओलीले पनि राप्रपा नेपालसँग तालमेलको सम्भावना रहेको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्