२९ असार २०८३, सोमबार

युक्रेनमा आत्मसमर्पण गरेका बेलायती सैनिकलाई मानवीय व्यवहार गर्न परिवारको अपील

बैशाख १, २०७९
युक्रेनमा आत्मसमर्पण गरेका बेलायती सैनिकलाई मानवीय व्यवहार गर्न परिवारको अपील

युक्रेनको मरिउपोलमा रुसी सैनिकहरूसमक्ष आत्मसमर्पण गरेका बेलायती सैनिक आइडन आस्लिनसँग मानवीय व्यवहार गर्न उनको परिवारले रुसलाई अनुरोध गरेको छ । 

आस्लिनकी आमा एम्मा भार्डीले भनिन्, ‘उसले मलाई फोन गर्‍यो अनि लड्नका लागि हतियार बाँकी छैन भन्यो ।’ आफूले रुसी सेनासमक्ष आत्मसमर्पण गर्नुको विकल्प नरहेको आस्लिनले बताएको जानकारी भार्डीले दिइन् । 

आस्लिन नटिंघमशायरको न्युआर्क निवासी हुन् । उनी सन् २०१८ मा युक्रेन गएका थिए र त्यहाँको सेनाका मरिन हुन् । 

मरिउपोलको प्रतिरक्षाका लागि उनी खटिएका छन् । उक्त शहरमा रुसी सैनिकहरूले निकै धेरै बमवर्षा गरेका छन् । शहर लगभग पूरै ध्वस्त छ । 

आस्लिनले सामाजिक सञ्जालमा लेखे, ‘४८ दिन बितेको छ । हामीले मरिउपोल प्रतिरक्षा गर्नका लागि भरमग्दूर कोशिश गरेका थियौं । तर रुसी सैनिकसमक्ष आत्मसमर्पण गर्नुको विकल्प मात्र बाँकी छ । हामीसँग खाना र हातहतियार दुवै छैन ।’

यस्तो बेलामा आस्लिनको परिवारका सदस्यले रुसी अधिकारीहरूलाई दयामाया देखाउन आह्वान गरेका छन् । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले डोनबास क्षेत्रमा लडाइँ गरिरहेका विदेशी सैनिकहरूलाई युद्धबन्दीको अधिकार प्राप्त नहुने चेतावनी दिएकाले आस्लिनको भविष्य सुखद देखिँदैन ।
 

salt training

कमेन्ट गर्नुहोस्