
पछिल्लो २४ घन्टामा मुलुकभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३ हजार ३४२ जनामा गरिएको नमुना परीक्षणमा ४ जनामा पीसीआर तथा एन्टीजेन पोजेटिभ देखिएको बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।
यस सँगै हालसम्म मुलुकभर ९ लाख ७८ हजार ६३४ जनामा पीसीआर पोजेटिभ र १ लाख ४० हजार १५८ जनामा एन्टीजेन पोजेटिभ देखिएको छ ।
बिहीवार ४४ जना संक्रमित उपचारपछि निको भएका छन् ।
यससँगै हालसम्म मुलुकभर ९ लाख ६६ हजार २०४ जना संक्रमित उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बिहीवार मृत्यु हुने संक्रमितको संख्या शून्य छ । हालसम्म ११ हजार ९५१ संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार, हाल मुलुकभर ४७९ जना सक्रिय संक्रमित छन् ।