३० जेठ २०८३, शनिबार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

बैशाख १०, २०७९
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ । यसअघि शुक्रबारका लागि तय भएर स्थगित भएको बैठक आज बस्न लागेको हो । शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएकोमा  नेताहरुको कार्यव्यस्ताका कारण आजका लागि सारिएको थियो । जसअनुसार बैठक बिहान ११ बजे बस्नेछ भने महानगर र उपमहानगरमा पार्टीको तर्फबाट लड्ने उम्मेदवारहरूको टुंगो लगाइनेछ । 

सो बैठक  केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्