
प्रदेश संयन्त्रको निर्णयलाई केही हेरफेर गर्दै धादिङमा स्थानीय तह निर्वाचनको उम्मेदवारी भागबण्डा टुंगिएको छ ।
यसअघि गठबन्धनको प्रदेशस्थित संयन्त्रले गरेको निर्णयमा थोरै हेरफेर गर्दै गठबन्धन दलहरूले २ नगरपालिका र ११ गाउँपालिकामा भागबण्डा टुंग्याएका हुन् ।
अब कांग्रेसले ८, माओवादीले ३ र एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दिनेछन् ।
भागबण्डाअनुसार कांग्रेसले नीलकण्ठ नगरपालिका तथा थाक्रे, खनियाबास, सिद्धलेक, गंगाजमुना, ज्वालामुखी, त्रिपुरासुन्दरी र नेत्रावती गाउँपालिका पाएको छ ।
यस्तै माओवादीको भागमा गजुरी, बेनिघाट रोराङ र रुवीभ्याली गाउँपालिका परेको छ । एकीकृत समाजवादीले धुनीबेसी नगरपालिका र गल्छी गाउँपालिका पाएको छ ।
जिल्ला समन्वय समिति प्रमुख माओवादीले पाउने छ भने उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको छ ।
यसअघि प्रदेश संयन्त्रले थाक्रेलाई बाँकी राखेर जिल्ला समन्वय समिति प्रमुख कांग्रेसको भागमा राखेको थियो ।
जिल्ला संयन्त्रले भने कांग्रेसलाई थाक्रे र माओवादीलाई जिसस दिनेगरी सहमति जुटाएको हो ।
हेर्नुहोस्, निर्णय :
