
विराटनगर महानगरपालिकाको मेयरमा नेकपा एमालेका सागर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमवार निर्वाचन अधिकृतको कार्यालयमा तामझामसहित पुगेका थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनीसँगै उपमेयरमा एमालेबाट शिल्पा कार्कीले पनि उम्मेदवारी दर्ता गराएकी छिन् ।