२० असार २०८३, शनिबार

विमानस्थलबाट २ किलो सुनसहित ५ जना पक्राउ

बैशाख १६, २०७९
विमानस्थलबाट २ किलो सुनसहित ५ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३३२ ग्राम सुनसहित ५ जना पक्राउ परेका छन् । 

दुबईबाट काठमाडौं आएको हिमालय एयरको विमानभित्र सरसफाइ गर्ने कर्मचारीसहित ५ जनालाई महानगरीय विमानस्थल सुरक्षा कार्यालयले बिहीवार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिमार्फत सरसफाइ गर्ने भनी ड्यूटी खटिएका पाँचथर याङवरक–४ का  भीमकुमार माबो (२८), माबोका सहकर्मी नुवाकोट तादी–५ का सुमन तामाङ (२७), उदयपुर लिम्चुङबुङ(२ का राजेश राई (२८), ट्याक्सी चालक दोलखा गौरीशंकर–२ का हेमबहादुर थापा (४१) र सरसफाइ कर्मचारीका सुपरभाइजर सप्तरी सुरुंगा–४ का ताराकान्त चौधरी ९३६० रहेका छन् । 

सुरक्षा कार्यालयका प्रवक्ता एसपी हिमालयकुमार श्रेष्ठले उनीहरूलाई बरामद गरिएको सुनसहित कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको जानकारी दिए । 

उनका अनुसार माबोले विमानको शौचालयभित्र फोहरसँगै रहेको सुनको बिस्कुट बाहिर ल्याएर सहकर्मी तामाङलाई सुनको १० थान बिस्कुट दिएका थिए । दुवैले सुन मनी पर्सभित्र लुकाएर बाहिर निस्कन लागेका बेला उनीहरू पक्राउ परेका थिए । 

सुरक्षा कार्यालयका अनुसार माबो र तामाङको साथबाट १०–१० थान सुनको बिस्कुट बरामद गरिएको हो । 

माबो र तामाङलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा राई, थापा र चौधरीको पनि संलग्नता खुलेकाले उनीहरूलाई पनि पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्