२२ असार २०८३, सोमबार

त्रिविमा प्राध्यापकको धर्नाले पदाधिकारी र कर्मचारी बाहिरै रोकिए

कात्तिक २०, २०७४
त्रिविमा प्राध्यापकको धर्नाले पदाधिकारी र कर्मचारी बाहिरै रोकिए

काठमाडौं, २९ असार - विश्वविद्यालयमा बौद्धिक शोषणको अन्त्य गर्न माग गदै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले आजपनि धर्ना दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यालय कीर्तिपुरमा चलिरहेको धर्नाका कारण विश्वविद्यालयका पदाधिकारी र कर्मचारीले समेत प्रवेश गर्न पाएका छैनन् ।

आफुहरुको आन्दोलनलाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र सरकारले वेवास्ता गरेकाले तीन दिनको आन्दोलन घोषणा गरेर धर्ना शुरु गरेको र अब पनि माग पुरा नभए अझ कडा आन्दोलन थाल्ने त्रिवि आंशिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले जानकारी दिए ।

उनले भोलि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडी धर्ना दिने कार्यक्रम रहेको पनि जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्