प्रधान सेनापति प्रभुराम शर्माले आइतबार ईलामस्थित रणशार्दुल गण र ताप्लेजुङ्ग जिल्लास्थित भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणको दौरान उनले गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल गरी सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए ।
निरीक्षणकै क्रममा शर्माले स्थानीय तह निर्वाचनको सुरक्षामा केन्द्रित रही ईलाम जिल्लास्थित दानाबारी ईलाकामा स्थापना गरेको Company Operating Base (COB) को निरीक्षण भ्रमण गरेका छन् । उक्त ईलाकाको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी समेत उनले लिएका थिए ।
दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति शर्माले सोमबार झापा जिल्लास्थित नं. २१ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ ।