०८ असार २०८३, सोमबार

मकवानपुरमा दुई चिनियाँ नागरिकको मृत्यु

बैशाख १९, २०७९
मकवानपुरमा दुई चिनियाँ नागरिकको मृत्यु

मकवानपुरको बकैयामा तराईलाई  काठमाडौँ जोड्ने  द्रुतमार्ग निमार्ण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक दुवै चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । द्रुतमार्गको काम गरिरहेको लोडर एक्कासी सिमान्त खोलामा खस्दा लोडरमा रहेका छ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्लाका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

काठमाडौँ जोड्ने द्रुतमार्गअन्र्तगत मकवानपुरको बकैया गाउँपालिकाको–११ घटेपाख र लेनडाँढा नजिक लोडर दुर्घटना हुँदा दुईको घटनास्थलमा मृत्यु भएको बताइएको छ । मृतक दुई सो द्रुत मार्गमा काम गर्ने चिनियाँ नागरिक रहेको  प्रवक्ता कार्कीले बताए । घाइतेको उद्धार गरी हेटौँडा ल्याएको र उपचार भइरहेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्