३० असार २०८३, मंगलबार

तीन थरी वायु सक्रिय, केही दिन अझै वर्षा हुने

बैशाख २०, २०७९
तीन थरी वायु सक्रिय, केही दिन अझै वर्षा हुने

सक्रिय   पूर्वमनसुनका   कारण   आइतबार   रातिदेखि मनसुनको झल्को दिने गरी वर्षा भएको छ ।

नेपालमा तीन थरी जलवाष्पयुक्त वायुको प्रभाव परेकाले मनसुनको जस्तै वर्षा भएको हो ।

जल  तथा  मौसम  विज्ञान  विभागअन्तर्गतको  मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेअनुसार यति बेला नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय प्रणाली र पश्चिमी वायुसहितको वर्षा गराउने प्रणाली सक्रिय छ ।

तेहेरो मौसमी प्रणालीको प्रभावका कारण आगामी केही दिन वर्षा निरन्तरजस्तै रहने महाशाखाले जनाएको छ ।

मौसमविद् समीर श्रेष्ठले भने, “सोमबार रातभर देशका धेरैजसो स्थानमा वर्षाको क्रम जारी छ,  मङ्गलबार  बिहान  घाम  झुल्के  पनि  दिउँसो  फेरि वर्षा निरन्तर हुने सम्भावना छ ।”

यस अवधिमा देशव्यापी रूपमा सामान्य बदली हुनेछ । मङ्गलबार लुम्बिनी प्रदेशका अधिकांश भूभाग, बागमती, गण्डकी र  कर्णाली  प्रदेशको  पहाडी  भेग  छोएका  सबैजसो  भूभागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।

बुधबारदेखि भने मौसममा हल्का सुधार आउनेछ । तथापि जलवाष्पयुक्त वायुको आगमन निरन्तर रहेको खण्डमा थोरै भेगमा मौसम बदली र वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्