११ साउन २०८३, सोमबार

नारायणप्रसाद स्मृति बास्केटबल भोलिदेखि

बैशाख २०, २०७९
नारायणप्रसाद स्मृति बास्केटबल भोलिदेखि

क्वेस्ट इन्टरनेसनल कलेजले आफ्ना संस्थापक निर्देशक नारायणप्रसाद श्रेष्ठको स्मृतिमा पाँचौं ‘नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता’ बुधवारदेखि सञ्चालन गर्ने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ५ टोलीको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पुरुष सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । 

समूह ‘ए’मा क्वेस्ट, शुभश्री, मल्पी र गोल्डेनगेट तथा समूह ‘बी’मा केसीएम, सायम (एसएआईएम), जेभियर इन्टरनेसनल र नाथम (एनएटीएचएम) र किस्ट छन् । महिला स्पर्धा राउन्ड रोविन लिगका आधारमा हुनेछ । राउन्ड रोविनमा शीर्ष २ स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछन् । 

महिलातर्फ क्वेस्ट, मल्पी, शुभश्री, नाथम र सायमको सहभागिता रहने छ ।

पुरुष विधाको विजेताले ५० हजार र उपविजेताले ३० हजार तथा महिलातर्फ पहिलो हुनेले ३० हजार र दोस्रोले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । 

प्रतियोगिता सञ्चालन गर्न करीब ५ लाख रुपैयाँ खर्च हुने क्वेस्टका निर्देशक आदर्श जोशीले जानकारी दिए । वैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेल ग्वार्कोस्थित आयोजककै कोर्टमा खेलाइने छ । 

salt training

कमेन्ट गर्नुहोस्