
चर्चित बलिउड अभिनेता सोनु सुदले विरगञ्जकी एक बालिकाको शिक्षाको जिम्मेवारी लिएका छन् ।
विरगञ्जको साउथ जोन पब्लिक स्कुलमा अध्ययनरत मुस्कान कर्णको शिक्षाको जिम्मेवारी अभिनेता सुदले लिएका हुन् ।
सूद फाउण्डेसनको माध्यमबाट सोनु सूदले मुस्कानको पूरा जीवनको शिक्षाको जिम्मेवारी सम्हालेको सूदले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
सूदले भनेका छन्, सबै नेपालीलाई भनिदिनु, अब तिम्रो पूरा जीवनको शिक्षाको व्यवस्थापन भयो ।’
सूदले एक भिडियो समेत शेयर गरेका छन् ।
सो भिडियोमा मुस्कानले सूदलाई धन्यवाद भनेकी छन् ।
किया सब आपके पापा ने ही है
— sonu sood (@SonuSood) May 4, 2022
हम तो सिर्फ ज़रिया हैं ❣️@SoodFoundation 🇮🇳 https://t.co/qD0tCYjp9R