
बुधवार शेयर बजारमा ३१.७६ अंकको गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक ३१.७६ अंकले घट्दै २२७५.६८ विन्दुमा ओर्लिएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स ४.९० अंकले घट्दै ४३६.८८ विन्दुमा झरेको छ ।
यस दिन २ सय ३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँमा किनबेच भएको हो ।
यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।
यस्तै ग्रीन भेन्चर्स लिमिटेडको शेयर मूल्ढ ९.३६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सबै भन्दा बढी ४ करोड ५८ लाख ९६ हजार ६५९ रुपैयाँमा किनबेच भएको छ ।