फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बैशाख २१, २०७९
कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित विष्ट टोलका मतदाता नेताहरूले यसअघि गरको प्रतिबद्धता पूरा नगरेको र जनताका पक्षमा काम नगरेको भन्दै असन्तुष्ट छन् ।
गोडेपानी खोलाले विष्ट टोललाई बर्सेनि समस्या दिन्छ भने गोदावरी नदी पनि बस्ती नै पस्ने अवस्था आइसक्दा पनि सरकारले आफूहरूको गुनासो नसुनेको स्थानीयको आरोप छ ।
अघिल्लोपटक विष्ट टोललाई सुरक्षित गर्न गोडेपानी खोलाको बाढी टोल बस्न नदिने गरी बाँध बाँध्ने प्रतिबद्धता गरिएको थियो ।
‘अहिलेसम्म २ परिवारको नाममा २५/२५ र अर्को २ परिवारलाई १५/१५ वटा ढुंगा भर्ने जाली दिएर टारिएको छ, न यति जालीले पुग्छ न त थप काम नै भएको छ,’ विष्ट टोलका स्थानीय जानकी विष्टले गुनासो गरिन् ।
उनले नेताहरूको स्वभाव देखेर आक्रोशित हुँदै भनिन्, ‘यसपालि पनि भोट माग्न त आउलान् नि ...!’
लोकान्तर टोली रिपोर्टिङका क्रममा गोदावरी नगरपालिका– २ को विष्ट टोल पुग्दा गोडेपानी खोला पीडित १० परिवारले अघिल्लो चुनावमा दिएको आश्वासन हालसम्म पूरा नगरेको भन्दै आक्रोश पोखे ।
‘५ वर्ष भयो नेताहरूले हाम्रो टोललाई व्यवस्थित गरिदिन्छौं भनेको । अहिलेसम्म पनि त्यो कामको शुरूआत पनि भएको छैन । जसका कारण ठूलो पानी परेको दिन बस्ती नै बगाउँछ कि भनेर रातभर अनिँदो बस्नुपर्छ । दिनमा पनि कतिबेला बाढी आउँछ भन्ने पत्तै हुँदैन । वर्षाको समय लागेपछि शुरू हुने त्रासदीपूर्ण जिन्दगी वर्षातको मौसम नसकिँदासम्म रहिरहन्छ,’ विष्टले लोकान्तरसँग भनिन् ।
गोदावरी नदीले खेतीयोग्य भूभाग कटान गर्दै बस्ती नजिक आइपुग्न लागेको छ भने गोडेपानी खोलाका कारणले बस्ती डुबानमा पर्ने गरेको छ । नदीले घरखेती बगाएको र रोकथाम गर्न पटक–पटक वडा र नगरमा निवेदन दिँदा हालसम्म बेवास्ता भइरहेको विष्ट टोलकै अर्का स्थानीय वीरबहादुर विष्टले बताए ।
उनी भन्छन्, ‘अघिल्लो चुनावमा एमालेका वडा अध्यक्षका उम्मेदवार हरिसिंह साउँदको प्रचारप्रसारमा लागेर जिताइयो पनि तर बाढी रोकथामका लागि उनले पनि गरेका छैनन् । त्यसैले यो पटक जसले घर अगाडिको खोलामा बाँध हालिदिन्छ उसैलाई भोट दिने हो ।’
विष्ट टोलका स्थानीयको प्रश्न छ, ‘वर्षातमा प्राकृतिक विपत्ति भोग्नु नपरोस् र त्यसको रोकथाम हुन्छ भन्ने आशले अघिल्लो चुनावमा भोट दिएको तर त्यही समस्याको समाधान नभएपछि भोट चाहिँ किन दिने ?’
सीता विष्टले भनिन्, ‘वर्षायाममा यो टोलका घरको एकतला नै डुबान हुने गरी बाढी आउँछ । रातभर जागा बस्नुपर्ने बाध्यता छ, त्यसलाई सम्बोधन गर्छौं भनेका थिए । फेरि चुनाव आइसक्यो, जितेर गएका नेता फर्केर आएनन् । तिनै नेता फेरि भोट माग्न आए ढुंगाले हानेर लखेट्ने भनेका हौं ।’
पारिपट्टि नेताका आफन्त भएकाले तटबन्धनका लागि आवश्यक सामग्री उपलब्ध गराइएको तर पहुँच नभएकाले आफूहरूलाई बेवास्ता गरिएको उनको आरोप छ । उनका अनुसार पल्लोतिरका मानिसहरूसँग पैसा भएकाले काम छिटो गरिदिएको तर आफूहरू गरीब भएकै कारणले काम नगरिदिएको गुनासो पनि सीताले गरिन् ।
‘नेताहरू भोट माग्ने समयमा मात्रै तपाईंहरूको समस्या के छ भनेर सोध्छन्, समस्या बतायो भने समाधान गरिदिने वाचा पनि गर्छन् तर भोट पाएपछि फर्किने भनेकै ५ वर्षपछि मात्रै हो,’ उनले भनिन् ।
अत्तरिया बजार र बसपार्क व्यवस्थित गर्न ढल निकास नभएका कारणले करीब २०० घरपरिवार बाढीको जोखिममा छन् । स्थानीयका अनुसार बजारमा भएको फोहोर खोलामा फालिने र त्यो फोहोरका प्लास्टिकले गर्दा पानी बग्न नपाएर बस्ती पस्ने गरेको छ ।
‘अब नेताहरू भोट माग्न नआए हुन्छ, काम नगर्ने नेताहरूलाई भोट दिँदैनौं,’ कविता विष्टले लोकान्तरसँगको कुराकानीका क्रममा भनिन्, ‘जो आए पनि उस्तै रहेछन्, गरीबलाई हेर्ने कोही छैनन् ।’
गोदावरी नदीले एकै परिवारको ७–८ कट्ठाका दरले नम्बरी जमिन बगाएर लगेको छ । त्यसमा तटबन्धनका लागि नगरपालिकाले कुनै पनि पहल नगरेको स्थानीयले आरोप लगाएका छन् । नदीमा भएको ढुंगा र बालुवा निकाल्न नगरपालिकाले ठेक्का दिँदा समस्या अझै बढेको स्थानीयले बताएका छन् ।
नदीले कटान गरेका कारण १४० कट्ठाभन्दा धेरै नम्बरी जमिन बगरमा परिणत भइसकेको छ । नदीको कटानलाई रोक्न नसके बर्सेनि गाउँलेहरूलाई सुकुम्बासी बनाउँदै जाने चिन्ता बढेको स्थानीय एक शिक्षकले बताए ।
स्थानीय खड्के नेपालीको ६ कट्ठा जमिन थियो । अघिल्लो बर्खामा आएको बाढीले घर भएको जमिनबाहेक सबै बगाएर लग्यो । राति आएको बाढी घर गोठमै पस्यो । बाढीले गाईबाख्रा बगाए पनि घर धन्न जोगियो । गत वर्षको बाढीले घरको जग नै खोतलेकाले यसपालि घर जोगाउन सकिन्न कि भन्ने चिन्ता नेपालीलाई छ ।
नेपाली भन्छन्, ‘नगरपालिकाका नेताहरूले राहत दिने र तटबन्धन गरिदिने आश्वासन दिएका थिए ।’ त्यही आशामा उनले ऋण खोजेर ट्रयाक्टरमा ढुंगा, बालुवा र सिमेन्ट आसार्दै घर अगाडि तटबन्ध लगाए तर हालसम्म पनि बजेट निकासा नगर्दा आफू थप समस्यामा परेको उनले बताए ।
नेपालीले लोकान्तरसँग गुनासो पोखे, ‘राहतका लागि मोबाइलबाट फोटो खिचेर लगे । पैसा आउँछ काम गर्दै गर भने । ऋण खोजेर गरेको कामको हालसम्म पनि पैसा दिएका छैनन्,’ उनले भने । ट्रयाक्टर चलाएर गुजारा गर्दै आएका नेपालीले आफ्नो समस्याको समाधान गर्ने नेतालाई भोट दिने बताए ।
गोदावरी नदीदेखि मशिन रोडसम्मको तटबन्धनको समस्यालाई कसैले सम्बोधन गरेका छैनन् । भोट माग्न भने आइरहेका छन् । जो आए पनि ‘तपाईंलाई नै भोट दिने हो’ भनेर त स्थानीयले भन्ने गरेका छन् तर समस्याको समाधान नगर्नेलाई यसपालि भोट नदिने सल्लाह गरिरहेको स्थानीय शिक्षक शिवराज जोशीले बताए ।
‘हाम्रो तटबन्धनको समस्या कसैले हेर्ला जस्तो देखिँदैन, अघिल्लोचोटी आफ्नो क्षेत्रको उम्मेदवार भएकाले पार्टी नभनेर जितायौं, उसले काम गरेन, अब हामीले कसलाई विश्वास गरेर भोट दिने ?’ शिवराजले लोकान्तरसँग भने, ‘जो नेता आए पनि हामी त तिम्रै हौं, भोट पक्का भनेर पठाएका छौं, १ हजार घरपरिवार बाढीको जोखिममा छन् । यिनैले दिने भोट निर्णायक हुनसक्छ । त्यसैले यो पटक आफ्नो विवेक प्रयोग गर्छौं ।’
थप तस्वीरहरू:
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...