३० असार २०८३, मंगलबार

रेनुलाई मेयर जिताउने देउवा-प्रचण्डको नक्कली पिरती धेरै चल्नेवाला छैन- सुरेन्द्र पाण्डे

बैशाख २५, २०७९
रेनुलाई मेयर जिताउने देउवा-प्रचण्डको नक्कली पिरती धेरै चल्नेवाला छैन- सुरेन्द्र पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रेम धेरै दिन नचल्ने टिप्पणी गरेका छन् । देउवा–प्रचण्डको प्रेम झुटो भएको उनले दाबी गरे । 

चितवनको भरतपुरमा आइतवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पाण्डेले गठबन्धनको भविष्य लामो नभएको बताएका हुन् । ‘केही दिनअघि भरतपुरमै आएर शेरबहादुर देउवाले भन्नु भएको छ, मेरो जोडले रेनुलाई टिकट दिएको हो, प्रचण्डजी त नाइँ भन्नुभएको छ,’ उनले भने, ‘कति प्यारो प्रेम बसेछ देउवाको रेनु र प्रचण्डमाथि । मेयर बनाउने प्रेम बसेछ । देउवाजीको यो प्रेम ज्यादै झुटो छ, भन्न धेरै पर जानु पर्दैन होला,’ पाण्डेले भने । 

कांग्रेसले नजितेको ठाउँमा बजेट नपठाउने भन्ने कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाको अभिव्यक्तिप्रति पाण्डेले आपत्ति जनाए । ‘तपाईंलाई राणा शासनको भान भयो होला । हेक्का राख्नुस् तपाईंको गोजीको पैसा होइन प्रधानमन्त्री पत्नी ज्यू,’ पाण्डेले भने । 

salt training

कमेन्ट गर्नुहोस्