
जर्मनीले कतारसँग ग्यास किन्ने सम्झौता गर्न नसकेको रोयटर्स समाचार संस्थाले स्रोतहरूलाई उद्धृत गर्दै खबर दिएको छ ।
सन् २०४० सम्ममा जर्मनीले ग्यासको उपयोग अन्त्य गर्ने योजना बनाएको छ । तर कतार जर्मनीसँग कम्तीमा २० वर्ष सम्झौता गर्न चाहन्छ । कुरा यसमै मिलिरहेको छैन ।
त्यसबाहेक जर्मनीले किनेको ग्यास तेस्रो मुलुकलाई दिन नमिल्ने शर्त सम्झौतामा पार्नुपर्ने भनी कतारले राखेको मागका कारण पनि समस्या परेको रोयटर्स लेख्छ ।
स्रोतका अनुसार, कतारबाट जर्मनीतर्फ प्राकृतिक ग्यासको आपूर्ति निकट भविष्यमा हुने देखिँदैन ।