३१ असार २०८३, बुधबार

मोटरसाइकल चोरेर भाग्दै गर्दा एक जना पक्राउ

बैशाख २८, २०७९
मोटरसाइकल चोरेर भाग्दै गर्दा एक जना पक्राउ

पर्सामा पार्किङ गरिराखेको मोटरसाइकल चोरेर भाग्दै गर्दा एक जना पक्राउ परेका छन् । मोटरसाइकलको लक तोडी चोरी गरेर भाग्दै गरेका वीरगञ्ज महानगरपालिका-११ का २० वर्षीय आकाश गिरीलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

वीरगंज महानगरपालिका-८, माईस्थान अगाडि पार्किङ गरेर राखेको बारा बिश्रामपुर गाउँपालिका-५  बस्ने २९ वर्षीय लंकेश्वर गुप्ताको ना.३३ प ७१३८ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको नियमित जाँच टोलीले फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनीमाथि चोरीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्