
रोल्पाको थवाङ गाउँपालिकामा माओवादीका उम्मेदवार ऋषि केशब बुढा मगर निर्वाचित भएका छन् ।
बुढाले २१२२ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दलजित रोकाले १५०६ मत पाएका छन् ।
यो गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादीकै सर्मिला बुढा मगर निर्वाचित भएकी छन् ।
थबाङ गाउँपालिकामा ५ वटा वडा रहेको छ । यसमध्ये ४ वटाको वडाध्यक्षमा माओवादी उम्मेदवार विजयी हुँदा एउटा भने एमालेका उम्मेदवारले जितेको निर्वाचन आयोगले उल्लेख गरेको छ ।
यो गाउँपालिकाको वडाअध्यहरुमा १ मा हिराप्रसाद बुढामगर, २ नम्बरमा अभिलाषा रोका, ३ नम्बरमा जनक बुढा, ४ नम्बरमा हिकमत धर्ती मगर र ५ नम्बरमा गोवद्र्धन धर्तीमगर निर्वाचित भएका छन ।