बुटवल उपमहानगरपालिकामा सुरूआती गणनामा तेस्रो स्थानमा परेका एमालेका उम्मेदवार बाबुराम भट्टराईले मतान्तर घटाउन थालेका छन् ।
बुटवलमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले २९ सय ४८ मत सहित अग्रता कायम गरेका छन् ।
भट्टराईले भने १८ सय ५१ मत ल्याएका छन् । अहिले उनीहरु बीच १ हजार ९७ मतको अन्तर छ । यसअघि भने पाण्डे र भट्टराईको ११ सयभन्दा बढी मतान्तर थियो ।
एमालेको आधार इलाका मानिएको बुटवलमा यसपटक कांग्रेसले अग्रता कायम गरेको छ ।