
मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।
पालिका अध्यक्षमा एमालेकी राजमती इङनामले ८ हजार ९ सय ७५ मत ल्याएर विजयी बनेकी छिन् ।
उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका संजय भट्टराईले ५ हजार ८ सय ४६ मत ल्याएका छन । नव निर्वाचित इङनाम यसअघि उप्रमुख रहेकी थिइन् ।
उपाध्यक्षमा एमालेकै भोला प्रसाद अधिकारीले ९ हजार ५ सय ७० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसकी मन कुमारी गुरुङले ७ हजार ८ सय १८ मत ल्याएकी थिइन् ।