
नेकपा (एकीकृत समाजवादी)को नेता झलनाथ खनालको क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेका कुशबहादुर थेबेले ५ हजार १३५ मत पाउँदा समाजवादीका जीतबहादुरले ४ हजार ९१३ मत पाएका छन् ।
थेबेले राईलाई २२२ मतले हराएका छन् ।
यो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रविना राईले जितेकी छन् ।
राईले ५ हजार १५९ मत पाएकी छन् । उनका प्रतिस्पर्धी एमालेकी सावित्री भट्टराईले ४ हजार ८८३ मत पाइन् ।
६ वटा वडा रहेको यो स्थानीय तहमा ४ वटामा एमालेले वडा अध्यक्ष जितेको छ भने कांग्रेसले २ वटामा जितेको छ ।