
इस्टोनियाका राष्ट्रपति अलार कारिसले रुसलाई एक्ल्याउन सम्भव नरहेको स्वीकार गरेका छन् ।
अमेरिकी पत्रिका न्युजवीकसँगको अन्तर्वार्तामा उनले यस्तो स्वीकार गरेका हुन् ।
‘हामीले रुससँग अन्य तरिकाले संवाद गर्नुपर्छ र रुससँग कुनै किसिमको कारोबार गर्नुपर्छ,’ राष्ट्रपतिले बताए ।
गत मार्च महिनामा यिनै कारिसले रुसलाई कुनामा पार्नुपर्ने आह्वान गरेका थिए । तर रुसले युक्रेनमा पाएको सफलताले यिनको सोच परिवर्तन गराएको देखिन्छ ।
रुसलाई एक्ल्याउन खोज्ने समूहमा रहेको इस्टोनियामा हालैका वर्षमा मूल्यवृद्धि १८.८ प्रतिशतले बढेको त्यहाँको तथ्यांक विभागले स्वीकार गरेको छ ।