
धनुषाको कमला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विशेश्वर यादव निर्वाचित भएका छन् ।
उनी ३ हजार ८८७ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका पशुपति यादवले २ हजार ८५९ मत पाए ।
उपप्रमुखमा पनि कांग्रेसकै शिलादेवी मण्डल ३ हजार ८८७ मतसहित निर्वाचित भइन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत प्राप्त गरिन् ।