×

NMB BANK
NIC ASIA

प्रदेश १ मा खुम्चियो एमालेको साख, कांग्रेसभन्दा निकै पछि पर्ने पक्का

जेठ ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अघिल्लो चुनावमा प्रदेश १ मा सबैभन्दा बढी ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले १०५ पालिकाको मतगणना सकिँदासम्म दोस्रो स्थानमा छ । 

Sagarmatha Cement
Muktinath Bank

१३७ स्थानीय तहमध्ये बिहीवार दिउँसोसम्म १०५ तहको मतगणना सम्पन्न भएको छ । अहिलेसम्म कांग्रेस ५३ पालिकामा नेतृत्व लिइसकेको छ । एमालेले अहिलेसम्म ३४ स्थानीय तहमा मात्रै जित हासिल गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ को चुनावमा सबैभन्दा बढी जितेर प्रदेश १ मा पहिलो भएको एमालेले दोस्रो स्थानमा चित बुझाउनुपर्ने देखिन्छ । 


Advertisment
Nabil box
Kumari

एमालेले प्रदेश १ मा विभाजनको असर नदेखिएको दाबी गरे पनि अधिकांश पालिकामा विभाजनको असर परेको छ । 

Vianet communication
Laxmi Bank

पछिल्लो नतिजाअनुसार कांग्रेस ५३ स्थानीय तह प्रमुख र अध्यक्ष र ३५ वटा उपप्रमुख/उपाध्यक्ष पद जितेको छ । 

२०७४ मा कांग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा मात्रै जित हासिल गरेको थियो । एमालेले हालसम्म ३४ वटा प्रमुख र अध्यक्ष र ४१ उपप्रमुख र उपाध्यक्ष पद जितेको छ । 

गठबन्धन हुँदा नेकपा माओवादी केन्द्रलाई पनि फाइदा पुगेको छ । गत चुनावमा प्रदेश १ का ९ स्थानीय तह जितेको माओवादी केन्द्रले प्रमुख / अध्यक्षमा १२ र उपप्रमुख/उपाध्यक्ष २० ठाउँमा जितेको छ । 

अघिल्लो निर्वाचनमा जम्मा ९ स्थानीय तह जितेको उसले यसपटक थप ३ स्थानीय तह जितिसकेको छ । 

अघिल्लो चुनावमा प्रदेशमा ३ स्थान जितेको राप्रपाले अहिलेसम्म एक तहको प्रमुख र २ उपप्रमुख जितेको छ । 

अघिल्लो पटक २ स्थानीय तह जितेको जसपा (तत्कालीन संघीय समाजवादी फोरम) ले यसपटक २ तहको प्रमुख र २ उपप्रमुख जितिसकेको छ । 

प्रदेश १ मा अहिलेसम्म २ जना स्वतन्त्र उम्मेदवारले प्रमुख/अध्यक्ष पदमा जीत हासिल गरिसकेका छन् । नेकपा एकीकृत समाजवादीले १ प्रमुख/अध्यक्ष र ५ स्थानमा उपप्रमुख/उपाध्यक्ष जितेको छ ।

अहिलेसम्म प्रदेशका उदयपुर, इलाम, मोरङ, सुनसरी र झापाबाहेक ९ वटा जिल्लाको सबै पालिकाको मतगणना सम्पन्न भइसकेको छ । 

इलामको २, उदयपुरका २, मोरङका ९, सुनसरीका ९ र झापाका १० सहित ३२ स्थानीय तहको परिणाम आउन बाँकी छ । यी पालिकामा मोरङबाहेक गठबन्धनकै उम्मेदवार अगाडि छन् । प्रदेश १ लाई एमालेका लागि उर्वर मानिँदै आएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x