०३ असार २०८३, बुधबार

ओखलढुंगाको जंगलमा अचेत अवस्थामा भेटिइन् किशोरी, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

ओखलढुंगाको जंगलमा अचेत अवस्थामा भेटिइन् किशोरी, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
प्रतीकात्मक तस्वीर ।

ओखलढुंगामा एक किशोरी अचेत अवस्थामा फेला परेकी छन् । 

शनिवार राति १९ वर्षीया किशोरीलाई प्रहरीले अचेत अवस्थामा जंगलमा फेला पारेको हो । 

उनको टाउकोमा चोट देखिएको छ, बलात्कार गरेर फालेको हुन सक्ने प्रहरीले जनाएको छ । 

‘ठूलो पानी परेको थियो, सोही क्रममा किशोरीलाई अचेत अवस्थामा फेला पारेको हौँ,’ ओखलढुंगा प्रहरी प्रमुख डीएसपी सुकदेव खनालले भने, ‘जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरमा काठमाडौं लाने तयारी गरिएको छ ।’

उनका अनुसार पानी ठूलो परेका कारण बलात्कार हो कि होइन भन्ने पुष्टि हुन सकेको छैन । तर, त्यसका संकेतहरू भने देखिएको डीएसपी खनालको भनाइ छ । 

घटनाको अनुसन्धान भइरहेको उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्