११ साउन २०८३, सोमबार

गुहेश्वरीमा एक पुरुषको शव  फेला, प्रहरीले अनुसन्धान गर्दै

गुहेश्वरीमा एक पुरुषको शव  फेला, प्रहरीले अनुसन्धान गर्दै

काठमाडौंको गुहेश्वर मन्दिर नजिकै बाग्मती खोलाको किनारमा एउटा शव फेला परेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार कागेश्वरी–मनोहरा ८ बाग्मती खोलाको बीचमा रहेको सानो टापुजस्तो ठाउँमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।

उनका अनुसार अहिले प्रहरी परिसर काठमाडौं, वृत गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्