३० असार २०८३, मंगलबार

व्यापारसँगै पूँजी बजारमा पनि शिवमको दमदार उपस्थिति– रेटिङमा स्तरोन्नति, यस्तो छ अवस्था

व्यापारसँगै पूँजी बजारमा पनि शिवमको दमदार उपस्थिति– रेटिङमा स्तरोन्नति, यस्तो छ अवस्था

वि‍.सं. २०६० सालमा मकवानपुरमा स्थापना भएको शिवम् सिमेन्ट प्रालिले २०६७ पछि व्यावसायिक उत्पादन शुरू गरेको थियो । 

शुरूआतमा प्रतिदिन ७ सय टन सिमेन्ट र १२ सय टन क्लिंकर उत्पादन गरेको यो कम्पनी २०७२ सालमा पब्लिक कम्पनीमा परिणत भयो । 

पब्लिक कम्पनीमा आएपछि शिवम् सिमेन्टले आक्रामक बजार विस्तार गरिरहेको छ । 

आर्थिक वर्ष २०७२/०७३ पछि प्रतिदिन २ हजार ३ सय टन सिमेन्ट उत्पादन गरिरहेको कम्पनीले पछिल्लो समय यसलाई विस्तार गर्दै प्रतिदिन तीन हजार टन सिमेन्ट र १९ सय टन क्लिंकर उत्पादन गर्ने क्षमता राख्दछ । 

पछिल्लो समय बजारमा दबदबा कायम राख्दै लोकप्रिय सिमेन्ट ब्रान्ड शिवमलाई केही समयअघि इक्रा नेपालले पनि विभिन्न सकारात्मक सूचकहरूसहित रेटिङमा स्तरोन्नति गरेको छ । 

इक्रा नेपाल रेटिङले गत अक्टोबरमा शिवम् सिमेन्टको दीर्घकालीन रेटिङलाई इक्राएनपी एलए प्लसबाट इक्राएनपी एल एए– (इक्राएनपी एल डबल ए माइनस)मा स्तरोन्नति गरेको छ । 

यस्तै कम्पनीको छोटो अवधिको रेटिङलाई भने इक्रा नेपालले इक्राएनपी ए वन बाट इक्रा एनपी ए वन प्लसमा स्तरोन्नति गरेको छ ।

कोरोना महामारीका कारण सम्पूर्ण अर्थतन्त्रमा धक्का लागेको समयमा पनि उत्पादन र बजारमा आफ्नो उपस्थितिलाई सही दिशामा लान सफल भएको  भन्दै इक्रा नेपालले यसलाई सकारात्मक सूचकको रूपमा उल्लेख गरेको छ ।

इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था र बजारमा शिवमको दबदबाको अध्ययनपश्चात रेटिङलाई स्तरोन्नति गरेको हो । 

शिवम् सिमेन्ट सिमेन्ट कम्पनीहरूमा एक लोकप्रिय ब्राण्ड हो । 

अघिल्लो दुई आर्थिक वर्षमा कम्पनीले आफ्नो अपरेटिङ मार्जिनलाई २२ प्रतिशतमा राख्न सक्षम भएको समेत इक्रा नेपालले उल्लेख गरेको छ ।

अहिले कम्पनीले करीब ८० प्रतिशत बिक्री क्षमताका साथ पूर्व कोभिड स्तरमा फर्किसकेको अवस्था रहेको इक्रा नेपालले बताएको छ ।

प्रमुख सूचकहरू

शिवम् सिमेन्ट नेपालमा लोकप्रिय सिमेन्ट ब्रान्डहरूको सूचीमा अग्रपंक्तिमा छ । 

कम्पनीको बलियो अपरेशनल प्रोफाइल र कोभिड १९ महामारीको समयमा पनि कम्पनीले  निरन्तर उत्पादन गरिरहनुले पनि यसको पुष्टि गर्ने इक्रा नेपालले जनाएको छ । 

शिवम् सिमेन्टले एकीकृत रूपमा सिमेन्ट मिल सञ्चालनमा ल्यायो । ओपीसी ४३ र ओपीसी ५३ सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्‍यो । जसले गर्दा पनि कम्पनीको ब्राण्ड भ्याल्यूलाई बढावा दिने काम भएको इक्रा नेपालको जनाएको छ ।

कम्पनीले क्रमिक रूपमा आफ्नो क्षमता वृद्धि गरेको इक्रा नेपालले उल्लेख गरेको छ । 

सिमेन्टका लागि २०११ र क्लिंकरका लागि २०१२ देखि उद्योग शुरू गरेको कम्पनीले क्रमिक रूपमा क्षमता वृद्धि गर्दै लगेको छ । 

क्लिंकर प्रति वर्ष ६ लाख २७ हजार टन  उत्पादन गर्ने क्षमता कम्पनीले राखेको छ ।

कम्पनीको वित्तीय अवस्था पनि उत्साहजनक रहेको छ । 

कस्तो छ वित्तीय अवस्था ?

शिवम सिमेन्ट्सले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ६५ करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीको सिमेन्ट बिक्री गरेर हुने आम्दानी ७ अर्ब २५ करोड रुपैयाँ छ  ।

शेयर बजारमा कस्तो छ उपस्थिति ? 

हाल शिवम् सिमेन्ट्सको प्रतिशेयर आम्दानी वार्षिक १९ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ७६ पैसा छ ।

हाल यसको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । 

शेयर प्रिमियममा ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र अन्य इक्विटीमा ३ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

शिवम् सिमेन्टको ४४ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छ । 

कम्पनीको पेडअप भ्याल्यु १ सय रुपैयाँ रहेको छ । तसर्थ कुल पेड अप भ्याल्यु ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । 

५२ हप्ताको अवधिमा कम्पनीको शेयर मूल्य बढेर १ हजार ९१० रुपैयाँसम्म पुगेको छ । 

औसतमा यस कम्पनीको शेयर मूल्य १ हजार ३५०.९२ रुपैयाँ रहेको देखिन्छ ।  

के हो इक्रा नेपालको रेटिङ ?

इक्रा नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त नेपालकै पहिलो रेटिङ कम्पनी हो । 

यसले कम्पनीहरूको विभिन्न अवस्था र वित्तीय सूचकका आधारमा कम्पनीलाई दीर्घकालीन र अल्पकालिन रेटिङ प्रदान गर्दै आएको छ ।

सोही रेटिङको आधारमा लगानीकर्ताहरूले कम्पनीको सबल र दुर्बल पक्षबारे जानकारी प्राप्त गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्