३० असार २०८३, मंगलबार

धरानका मेयरको अपिल : आफ्नो घर अगाडिको फोहोर आफैं व्यवस्थापन गरौँ

धरानका मेयरको अपिल : आफ्नो घर अगाडिको फोहोर आफैं व्यवस्थापन गरौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ राईले पानीका मुहान आसपासमा नुहाउने तथा कपडा धुने काम नगर्न महानगरवासीलाई अपिल गरेका छन् । 

उनले मंगलवार सामाजिक सञ्जाल फेसबूकमा लाइभ गर्दै पानीको मुहान दुषित हुँदा मानिसको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै पानीको मुहानवरपर सफा राख्न महानगरबासीलाई आग्रह गरेका हुन् । 

उनले भनेका छन्,‘हामी धरानलाई नेपालकै सफा शहरहरूमध्ये एउटा अथवा नेपालकै सबैभन्दा सफा शहर बनाउने अभियानमा लागेका छौँ । अब उप्रान्त हामीले आफ्नो घरअगाडि कुनै किसिमको फोहोरमैला (चाउचाउको खोल, पानीको बोत्तल, सिसाको टुक्रा) देखिएको छ भने त्यसलाई टिपेर व्यवस्थित तरिकाले व्यवस्थापन गर्न सिकौँ ।’

उनले यसबारे उपमहानगरपालिकाले कार्यक्रम पनि ल्याउने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्